उत्कृष्ट 25 वर्ष !!

  • fenfitnepal@gmail.com
  • Koteshwor,Kathmandu | Phone: +977 01-5147074/5147152

परिचय

नेपालको काष्ठ एवम् गैर काष्ठ वन पैदावारमा आधारित उद्यमी/व्यवसायीहरुको हक हितको प्रवर्धन गर्न २०४५ सालमा “वन पैदावार वितरक तथा वनजन्य उद्योग संघ” नामक तदर्थ समिति गठन भै सघं संस्था दर्ता ऐन २०३५ अनुसार २०४७ सालमा विधिवत दर्ता भएको यो संघको नाम २०४९ सालमा परिर्वतन गरि “नेपाल वन पैदावार उद्योग व्यवसायी सघं” को नाममा क्रियासिल रहेकोमा २०६६ सालमा यो सघं “नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ” मा रुपान्तरित भई नेपालका सम्पुर्ण वन पैदावारमा आधारित उद्यमी/व्यवसायी लगाएत ति उद्योग तथा व्यवसायसँग सम्वन्धित संघ, संस्था तथा प्रतिष्ठानहरुको साझा छाता संगठनको रुपमा यस महासंघको केन्द्रिय कार्यसमितीको साथै, सातै प्रदेशमा ‘प्रदेश स्तरिय कार्यसमिति’ लगाएत काठमाण्डौं उपत्यकामा ‘उपत्यका विशेष क्षेत्र कार्यसमिति’ गठन भै क्रियाशिल रहेको छ र यस महासंघमा वन पैदावार आधारित उद्यम/व्यवसायसँग सम्वन्धित जिल्ला संघहरु, वस्तुगत संघहरु र एसोसियट सदस्यहरु आवद्द रहेका छन ।

हाम्रो एक लक्ष्य
 वन पैदावार तथा वन पैदावारमा आधारित वस्तु एवम् सेवाहरु बजारमा सरल, सुलभ र निरन्तर दिगो आपुर्तिको लागि वन पैदावारमा आधारित उद्योग तथा व्यवसायको विकास गर्नुको साथै रोजगारी सिर्जना गरि राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने ।
हाम्रा उपस्थितिका दुई उद्देश्यहरु
 वन पैदावारमा आधारित उद्योग तथा व्यवसाय मैत्री वातावरण अभिवृद्धि गर्न पैरवी गर्ने ।
 बजारमा वन पैदावार एवं पैदावारमा आधारित वस्तुहरुको सरल, सुलभ तथा नियमित आपुर्तिको लागि क्रियाशिल हुने ।
हामिलाई दिशा निर्देश गर्ने तीन अवधारणाहरुः
 राज्य, समुदाय र नीजिस्तरसम्म वन वालीलाई नगदेवालीको रुपमा स्थापित गर्दै जाने ।
 वन पैदावारलाई अत्यावश्यक वस्तु तथा राष्ट्रिय अर्थतन्त्रको महत्वपुर्ण क्षेत्रको रुपमा रुपान्तरण गराउदै जाने ।
 वन पैदावारमा आधारित उद्योग तथा व्यवसायहरुलाई मर्यादित तथा लगानी योग्य उद्यमको रुपमा विकास गर्न सहयोगी वातावरण सिर्जित गर्दै जाने ।
हाम्रा चार मुलभुत मान्यताहरु
 वन पैदावार उपभोगकर्ताहरु (consumers)ले उनीहरुको चाहना अनुसारको वन पैदावार एवं वन पैदावारमा आधारित वस्तु तथा सेवाहरु सहज, सरल र सुलभ तरिकाले निरन्तर रुपमा प्राप्त गर्न सकुन ।
 उपभोगकर्ताहरुले नेपाली कच्चा पदार्थबाट नेपालमा नै उत्पादित वन पैदावारमा आधारित विविध वस्तु तथा सेवाहरु गुणस्तरीय रुपमा नेपाली बजारमा नै प्राप्त गर्न सकुन ।
 नेपालले सकभर प्रसोधित एवं मुल्य श्रृङखला अभिवृद्धि सहितका वन पैदावार निर्मित वस्तुहरु, अथवा अर्ध प्रसोधित वा कच्चा पदार्थ कै रुपमा भएपनि वन पैदावारमा आधारित उत्पादनहरु निर्यात गर्न सक्ने क्षमता विकास गर्न सकोस ।
 वन तथा वन पैदावारमा आधारित उद्योग तथा व्यवसायमा निजी क्षेत्रको घनिभुत, जिम्मेवारी पूर्ण संलग्नता रहोस ।
हाम्रा पाँच रणनीति
 सबै तहका सरकारहरुको नीति वन पैदावारको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने व्यवस्थाको सुनिश्चिता ।
 वन व्यवस्थापकहरुसँग वन पैदावारको परिमाण र गुणस्तर अधिकतम एवम् उच्चतम रहने गरि वाली संकलन (Harvesting) गर्न सक्ने किसिमका प्रविधि, प्रक्रिया र प्रावधान ।
 वन पैदावारको सहज, नियमित तथा विधिपुर्वक व्यवस्थित आपुर्तिको सुनिश्चिततामा आधारित नियमन व्यवस्था ।
 वन पैदावारको गुणस्तर कायम तथा अभिवृद्धि हुने प्रविधि तथा प्रावधान ।
 वन पैदावारमा आधारित उद्योग तथा व्यवसायमा प्रभावकारी रुपमा निजी क्षेत्र उपस्थित हुन सक्ने वातावरण ।
हामी संलग्न हुने किसिमका गतिविधिहरु
 पैरवी – वन पैदावारमा आधारित उद्योगी तथा व्यवसायीहरुको साथै वन पैदावार उपभोगकर्ताहरुको हितमा पैरवी गर्ने ।
 संचार तथा समन्वय – वन पैदावार उत्पादन, वन विस्तार र वन विकाससँग सम्वन्धित ज्ञान, सिप, नीति, प्रविधि र प्रक्रिया अभिबृद्धिको लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थाहरुसँंग संचार तथा समन्वय गर्ने ।
 सम्मानित व्यवहारः वन पैदावार उत्पादन, वन विस्तार, वन विकाससँग सम्बन्धित रहेर उत्कृष्ट विचार प्रकट गर्ने तथा कार्यान्वन गर्ने, गरिरहेका वा गरेका व्यक्ति, संघसंस्थाहरुलाई उचित सम्मान प्रदान गर्नुका साथै यथोचित ऐक्यवद्धता जनाउनुको साथै सहकार्य गर्ने ।
 मैत्री वातावरण – वन पैदावार उत्पादन, प्रशोधन, विविधिकरण, गुणस्तर वृद्धि, सदुपयोग, मुल्य अभिवृद्धिकरण तथा उद्यम मैत्री वातावरण सृजनाको लागि क्रियाशिल रहने ।
 संस्थागत विकासः नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघलाई सवै प्रदेश, जिल्ला र स्थानियस्तरसम्म संगठनको विस्तारका साथै भौतिक, आर्थिक तथा मानविय श्रोतले सुसज्जित सवल संस्थाको रुपमा उभ्याउन क्रियाशिल रहने ।
 सामाजिक उत्तरदायित्वः वन तथा वातावरणको क्षेत्रमा वन विकास कोषको माध्यमबाट योगदान पु–याउने र संस्थागत उद्देश्य प्राप्तीको अतिरिक्त एकल वा अन्य संघ÷संस्थाहरुसंगको सहकार्यमा सामाजिक क्रियाकलापहरु संचालन गर्ने ।

हाम्रा सात सांगठानिक विशेषताहरु
 प्रत्येक तीन÷तीन वर्षमा महाअधिवेशन ।
 महाअधिवेशनबाट कार्यसमिति लगाएत अन्य समितिहरु चयन ।
 सबै प्रदेश तथा काठमाण्डौ उपत्यका विशेष क्षेत्रका अध्यक्षहरु म्हासंघ कार्यसमितिको उपाध्यक्ष ।
 दैनिक कार्य संचालनका लागि कार्यक्रम कार्यान्वयन समिति ।
 तत्काल निर्णयको लागि विशिष्ट समिति ।
 कार्यसमितिका गतिविधि नियमन गर्न लेखा तथा अनुगमन समिति, न्यायिक, अनुशासन तथा सदस्यता सिफारिस समिति र सल्लाहकार समितिहरु ।
 वन पैदावार उद्योग तथा व्यवसायसगँ सम्बन्धित जिल्ला संगठनहरु, वस्तुगत संगठनहरु सहित व्यक्तिगत रुपमा पनि एसोसियत सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था ।
हामीले सहकार्य तथा सहयात्रा गर्न चाहेका आठ किसिमका संस्थाहरु ः–
 सवै तहका सरकार तथा सरकारी निकायहरु ।
 वन व्यवस्थापक तथा वन धनीहरु (सरकार, समुदाय, संस्था तथा निजी) ।
 वन तथा वन पैदावारसंग सम्वन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ÷संस्थाहरु ।
 उद्योग तथा वाणिज्य संघ सम्वन्धित संघ÷सस्थाहरु ।
 अनुसन्धान, प्रविधि उत्पादन तथा प्रसारण गर्ने संघ÷संस्थाहरु र शैक्षिक संस्थाहरु ।
 वित्त एवम् लगानी प्रवर्धन गर्ने संघ÷संस्थाहरु ।
 ज्ञान, शिप तथा धारणा प्रवर्धन गर्ने गैर सरकारी संस्थाहरु ।
 जनचेतना अभिबृद्धि गर्ने सञ्चार माध्यमहरु ।